तेजनगरमा अत्यावश्यक सामानसहितको बाणिज्य संघको घुम्ती सेवा

१६ चैत्र २०७६, आईतवार २२:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नोबल कोरोना भाइरसको संक्रमण रोेक्नको लागि आव्हान गरिएको लकडाउनमा उपभोग्य सामानको कमी हुन नदिन नेपालगन्ज उद्योग वाणिज्य संघले घुम्ति सेवा सञ्चालन शनिबारदेखि गरेको छ ।

शनिवारदेखि शुरु भएको सो घुम्ती सेवा आईतवार नेपालगञ्ज वडा नं. १ को तेजनगरमा अत्यावश्यक खाद्य बस्तुहरुको घुम्ती सेवा सुरु गरेको हो ।

खाद्य सामाग्री र तरकारी सहितको भ्यान मार्फत सेवा प्रदान भइरहेको संघका कोषाध्यक्ष हरिलाल न्यौपानेले जानकारी दिए । घुम्ती शिविर सोेमबार वडा नं. १२ मा सन्चालन हुने छ ।


घुम्ती सेवामा गाडी मार्फत टोल–टोलमा चामल, दाल, पिठो, नून, तेल, तरकारी जस्ता अत्यावश्यक सामाग्री उपलब्ध गराइन्छ ।

लकडाउनको अवस्थामा कुनै पनि प्रकारको उपभोग्य सामाग्रीमा अभाव सिर्जना नहोस् भन्नका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले सम्बन्धित वडा र नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघसंग समन्वय गरेर घुम्ती पसल सन्चालन गर्दै आएको छ ।

तेजनगरमा आईतवार भएको घुम्ती शिविरमा संघका कोषाध्यक्ष न्यौपानेसहित कार्यसमिति सदस्य श्यामसुन्दर अधिकारीको सहभागिता थियो ।

Next Post

बाँके च्याम्बर र केएल दुगडको सहकार्यमा सुपथमुल्य पसल सुरु

१६ चैत्र २०७६, आईतवार २२:२९
सदरलाइनडटकम, नेपालगञ्ज  :  लकडाउनको समयमा उपभोक्तालाई सहज र सुपथ मुल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउनका लागि नेपालगञ्जमा सुपथ मुल्य पसल संञ्चालनमा ल्याइएको छ । चेम्बर अफ कमर्स बाँकेले नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ को समन्वयमा केएल दुग्गड ग्रपद्वारा उत्पादित खाद्य सामग्रीको सुपथ मुल्य पसल वेस्टर्न कमप्लेक्स सुर्खेतरोड धम्बोझीमा संञ्चालनमा ल्याएको वडा […]

सम्बन्धित