बाँकेमा चालु आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिए

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १३:५४
 

नेपालगञ्ज : बाँकेमा चालू आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बुधवार डेंगु तथा अन्य किटजन्य रोग रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट सम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेंगु देखा परेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिए ।


उनका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा ९१ जनामा डेंगु देखिएको थियो भने ०७५/७६ मा २४ जनामा डेंगुका बिरामी फेला परेका थिए । सन् २००६ मा बाँकेमा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । डेंगु, मलेरिया, चिकन गुन्या, कालाजार, स्क्रव टाइफसलगायतका किटजन्य रोगका कारण बाँके पनि उच्च जोखिममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ

३० असार २०७८, बुधबार १३:५४
नेपालगञ्ज : नेपालगञ्जको जमुनाह नाकाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बुधवार एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–११ का २५ वर्षीय राजिव थारु पक्राउ परेको बाँके प्रहरीले जनाएको छ । रुपइडिहाबाट नेपालगञ्ज आउँदै गरेका थारुलाई शंका लागेपछि प्रहरीले जाँच गर्दा उनले अन्डरवेयरभित्र लुकाई राखेको २ ग्राम ८ सय मिलिग्राम ब्राउन […]