बाँकेमा २१ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार १७:०१
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जिल्लाका दुई वटा प्रयोगशालामा १ सय १७ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको ल्यावमा ६० नमुना परीक्षण गर्दा १७ र नेपालगञ्ज मेडिकल कोहलपुरमा ५७ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण देखिएको हो । तिमध्ये बाँकेका भने ७ जनामात्रै छन् ।

योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ५ सय ३० पुगेको छ । पीसीआर परीक्षणको संख्या भने ८६ हजार १ सय ७८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


पछिल्लो २४ घण्टामा थप ९ जना डिस्चाज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार १ सय ६९ पुगेको छ ।

यस्तै थप दुईजना बिरामीको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा ठाकुरबाबा नगरपालिका–४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका–१० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै हालसम्म बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ३ सय ७० जनाको मृत्यु भईसकेको छ । जिल्लाकै ३ सय ११ जनाले समेत कोभिडकै कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्तालाई राहत वितरण

३० असार २०७८, बुधबार १७:०१
बैजनाथ (बाँके) : कोरोना महामारीका कारण बाँकेको बैजनाथ गाउपालिका वडा नं. १ का आयआर्जनमा समस्या परेका समुदायलाई राहत वितरण गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको पहलमा जुलोजिकल सोसाईटी अफ लण्डन, बाँके बर्दिया कम्प्लेक्सको आर्थिक सहयोग तथा देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिको आयोजनामा सो राहत वितरण गरिएको हो । मध्यवर्ती […]