बाँकेमा दुईजना फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता २० आश्विन २०७८, बुधबार १६:४२
 

नेपालगञ्ज : बिभिन्न अभियोगमा अदालतबाट सजाय पाएर फरार रहेका दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा फरार प्रतिवादी जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवा बस्ने २५ वर्षीय पटवारी लोधलाई प्रहरीले पक्राउ गरेको हो ।

बाँके जिल्ला अदालतको २०७५ साल माघ ९ गतेको फैसलाले ११ दिन कैदसजाय पाएका उनी हालसम्म फरार रहेकोले पक्राउ गरी बुधवार अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।


यस्तै लेनदेन मुद्दामा फरार रहेका नेपालगञ्ज वडा नं. १० का ५४ वर्षीय श्याममणी प्रसाद मण्डललाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके जिल्ला अदालतबाट २०७८ साल बैशाख ३ गते ९ महिना कैदसजाय पाएका उनलाई पक्राउ गरी बुधवार अदालतमा बुझाइएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घटस्थापनाको दिन बिहान अनेरास्ववियुले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

२० आश्विन २०७८, बुधबार १६:४२
नेपालगञ्ज  : एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्वबियु बाँकेले दशैं, दिपावली र छठलगायतका पर्बको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । विहिबार घटस्थापनाको दिन बिहान ९ बजे एमाले बाँकेको कार्यालय परिसरमा अनेरास्ववियु बाँकेले सो कार्यक्रमको आयोजना गरेको केन्द्रीय सदस्य मोहित शाहले जानकारी दिए । सो […]