बाँकेसँग जोडिएको अन्तर्राष्ट्रिय सीमा शील

सदरलाइन संवाददाता २० बैशाख २०८०, बुधबार १२:५८
 

नेपालगञ्ज : यहाँस्थित नेपाल–भारत जमुनाहा नाका बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रुपमा बन्द गरिएको छ ।

मंगलबार बेलुकी ६ बजेबाट बन्द गरिएको सीमा नाका बिहीबार बेलुका ६ बजेबाट पुनः सुचारु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भारत उत्तरप्रदेशमा भइरहेको निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले दुबै देशका सुरक्षा अधिकारीबीच भएको समझदारी अनुसार ४८ घण्टाका लागि नाका बन्द गरिएको बताए ।


उनले सो अवधिमा अत्यावश्यक सेवाहरु एम्बुलेन्स, शव वाहन, दूध, तरकारी, माछा र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरुलाई आवागमन गर्न दिइएको बताए ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । खुला सिमानाका कारण अन्य नाकाहरुमा पनि विशेष निगरानी बढाइएको जनाईएको छ ।

यसैगरी, मंगलबार बेलुकाबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवतीलाई बलात्कारको अभियोगमा किशोर पक्राउ

२० बैशाख २०८०, बुधबार १२:५८
दाङ : तुलसीपुरमा १९ बर्षीया किशोरीलाई बलात्कार अभियोगमा तुलसीपुरकै १६ बर्षीय एक किशोर पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.३ घर भइ हाल जिल्लाको बबई गाउँपालिका – ६ स्थित मामा घरमा बस्दै आएका १६ बर्षीय किशोरलाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको छ । तुलसीपुर – ६ की एक १९ […]