लागुऔषधसहित बाँकेमा एकजना पक्राउ

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १७:२१
 

नेपालगञ्ज : बाँके प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–५ साइमार्गस्थित सडकबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय मिलिग्रामसहित सुर्खेत विरेन्द्रनगर नगरपालिका–३ बस्ने २८ वर्षीय रूपेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीले जानकारी दिए ।


लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जस्थित भेरी अस्पतालमा ‘एमआरआई’ सेवा शुरु

२५ माघ २०८०, बिहीबार १७:२१
नेपालगञ्ज : पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन सञ्चालनमा आएको छ । बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले एक कार्यक्रमबिच एमआरआई मेसिन सञ्चालन सेवाको उदघाटन गरेका हुन् । नेपालगञ्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले लामो […]