टिपरको ठक्करबाट महिलाको ज्यान गयो

सदरलाइन संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १३:०६
 


दाङ : दाङको देउखुरीमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ । राप्ती गाउँपालिका–१ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका–२ कटेशनालाकी ३५ वर्षीया डिला पौडेलको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।


साइकलमा दूध बेच्न भालुबाङ हिँडेकी महिलालाई टिपरले ठक्कर दिएको हो । घटनापछि मृतकका आफन्त तथा स्थानीयले राजमार्ग बन्द गरेका छन्।

दोषीलाई कडाभन्दा कडा कारबाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पूर्वमा फोरजी सेवा विस्तारको तयारी

३ फाल्गुन २०७८, मंगलवार १३:०६
रुकुम (पूर्व) : रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी थालेको छ । रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो । पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र […]