सदरलाइनडटकम,
नेपालगञ्ज : अवैध बोइलर कुखुराका चल्लासहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरत सिंह राठोरको नेतृत्मा खटिएको टोलीले आईतवार विहान कोहलपुरको एनसीसीएनबाट ४ हजार बढी बोइलर कुखुराका चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक अमिन सिद्धिकी र ललो गौतम रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानपछि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
