आफ्नो निर्वाचन एजेण्डाबारे बताउदै राजपाका केन्द्रीय उपाध्यक्ष विजय गुप्ताले भने जित सुनिश्चित छ(भिडियोसहित)

१६ मंसिर २०७४, शनिबार २०:२१
 

सदरलाइनडटकम  
१६ मंसिर, नेपालगन्ज  : राष्ट्रिय जनता दलका केन्द्रीय उपाध्यक्ष तथा बाँके निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार विजय गुप्ताले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले आफुसित समग्र नेपालगन्जको विकासको लागि ठोस योजना भएको र विगतमा पनि नेपालगन्जको विकामा आफुले गरेको योगदानको कदर गर्दै जनताले आफुलाई मत दिने बताएका छन् ।
उनले आफुले निर्वाचन जित्ने वित्तिकै नेपालगन्जको सडकलाई खाल्टा मुक्त बनाउने अठोटका साथ आफु चुनावी मैदानमा उत्रिएको बताउदै भने–‘ २० वर्ष अघि मैले नेपालगन्ज नगरपालिकाको मेयर हुँदा गरेका विकासका योजना बाहेक कुनै पनि ठोस काम हुन सकेको छैन । पाँच वर्षमा पाँचवटा नयासडक, रिङ्गरोड र नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन पहल गर्नेछु ।’
पार्टीद्वारा शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने–‘ राज्यको हरेक निगाहबाट पछाडि पर्दै गएको नेपालगन्ज १५० वर्षे ऐतिहासिक शहर भएपनि प्रादेशिक राज्यको राजधानीको लागि समेत सिफारिसमा नपर्नु लज्जाको विषय ।’
उनले नेपालगन्ज उप–महानगरमा २० वर्ष अघि सुरु गरिएको एकलैनी विस्तार योजना जहाँको त्यही रहेको र एडिविको सहयोगमा सञ्चालित योजनाहरु कछुवाको चालमा हिडि रहेको बताए । उनले नेपालगन्ज विमानस्थलको स्तरोन्नतीमा समेत ठूलो बदमासी गरिएको दाबी गरे । उनले भने–‘दोस्रो अन्तराष्ट्रिय विमानस्थल नेपालगन्जमा बनाउने सहमति हुँदा समेत त्यो कुरालाई त्यतिकै लुकाएर पूर्वञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल मै सिमित पारियो मध्यपश्चिम र सुदूरपश्चिमलाई भने त्यतिकै राखियो ।’ उनले नेपालगन्जको विमानस्थलमा २ किलोमिटर रन वे थप गरेर ठूला विमान अवतरण गर्न सकिने गरी योजना बनाएर आफुले पहल गर्ने बताए ।
उनले राजपाले बाँकेमा आफ्नो सशक्त दावेदारी रहेको बताउदै आफु र आफ्नो पार्टीका उम्मेदवारलाई कमजोर आंकलन नगर्न समेत आग्रह गरे ।


 

Next Post

बामगठबन्धनले नै सम्बोधन गर्छ मधेशका सबै एजेन्डा :  पशुपतिदयाल मिश्र उम्मेदवार, बाँके निर्वाचन क्षेत्रनं.२

१६ मंसिर २०७४, शनिबार २०:२१
 पशुपतिदयाल मिश्र बाम गठबन्धनबाट उम्मेदवार, बाँके निर्वाचन क्षेत्रनं.२ आगामी मंसिर २१ गते हनुे आम निर्वाचनमा बाँके निर्वाचन क्षेत्रनं.२ बाट प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट उम्मेदवार भएका पशुपतिदयाल मिश्र यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । उनले आफुलाई मतदान गर्नको लागि घरदैलोमा पुग्दा आफुले गरेका विभिन्न सामाजिक कार्यका साथै आफ्ना एजेण्डा स्पष्ट […]

सम्बन्धित