मंगलवार बाँकेका ६ सहित ७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १२ बैशाख २०८०, मंगलवार १८:२६
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलबार ७ जनालाई कोरोना पुष्टि भएको छ ।

भारतका विभिन्न ठाउँबाट आएका १ सय १७ जनाको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको हो । उनीहरुको नेपालगञ्जस्थित जमुनाहा नाकामा जाँच गरिएको थियो ।


कोरोना देखिएका सात जनामध्ये ६ जना बाँके र एक जना दाङ जिल्लाका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकाका ४ जना, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका एक–एक जना रहेका छन् । उनीहरु भारतको जम्बु काश्मिरबाट आएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना देखिएकाहरुमा सामान्य लक्षण देखिएको र आत्तिनु पर्ने अवस्था नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका पत्रकार खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

१२ बैशाख २०८०, मंगलवार १८:२६
भरतपुर (चितवन) :  नेपालगञ्जका पत्रकार आलम खान अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पुरस्कृत भएका छन । उनलाई मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत गरिएको हो । चितवनमा देउराली फाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष खानलाई सो पुरस्कार प्रदान […]