कोरोनाबाट बाँकेमा ६ जनाको ज्यान गयो

सदरलाइन संवाददाता १७ जेष्ठ २०७८, सोमबार ०९:५०
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा ६ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भईरहेको भेरी अस्पतालमा ३ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना गरि थप ६ जना संक्रमितको मृत्यु भएको हो ।

जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरुमा नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरुष, राप्तीसोनारी–७ बाँकेका ५० वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, मध्यनेपाल–४ लम्जुङका ३१ वर्षीय पुरुष हुनुहुन्छ ।

त्यस्तै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ कैलालीका ४० वर्षीया महिलाको समेत संक्रमणकै कारण मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २८६ जना र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा घट्दै कोरोना संक्रमण

१७ जेष्ठ २०७८, सोमबार ०९:५०
काठमाण्डौ : भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु […]