अधिकृत वारेसनामाको गलत प्रयोग गरी मामाद्वारा भान्जाको जमिन हडपेपछि

सदरलाइन संवाददाता ३१ श्रावण २०७८, आईतवार १७:४३
 


नेपालगञ्ज : अधिकृत वारेस नामाको गलत प्रयोग गरी मामाले भान्जाको जग्गा आफ्नो श्रीमतीको नाममा पास गरेर भान्जालाई ठगी गरेको पाईएको छ ।

नेपालगञ्जको बागेश्वरीटोल निवासी ऋषिकेश शर्माले भान्जा नाता पर्ने डा. प्रकाश सापकोटाको नाममा बाँकेको नौबस्तामा रहेको ४ बिगाह जमिन विक्रि बितरण तथा मुद्दा मामिलाको प्रयोजनको लागि दिएको अधिकृत वारेसनामाको दुरुपयोग गरी आफ्नै श्रीमती उमा उपाध्याय खनालको नाममा नामसारी गरेको खुल्न आएको छ ।

भान्जा डा. प्रकाशले बाँकेको नौबस्ता हालको बैजनाथ गाउपालिकामा रहेको सो जमिन बेचबिखन तथा मुद्दा मामिला गर्नको लागि विश्वासमा परेर मामा ऋषिकेशलाई २०५२ सालमा बाँके जिल्लाबाट अधिकृत वारेसनामा दिएकोमा सो अधिकृत वासेरनामाको दुरुपयोग गरी आफ्नो जमिन हडप गरेको भान्जा प्रकाशले गुनासो गरे ।

उनले भने–‘हाम्रो परिवार बाँके जिल्ला बाहिर बस्ने भएकोले जमिन बेचबिखन तथा मुद्दा मामिला गर्नको लागि सजिलो होस भनेर जिल्ला अदालतबाट मामा ऋिषिकेश शर्मालाई अधिकृत वारेशनामा दिएको थिए । तर मामाले मलाई कुनै जानकारी नै नदिई मेरो जमिन मामाले आफ्नै श्रीमाती उमा उपाध्यायको नाममा पास गरेछन ।’


उनले मामा ऋषिकेशले सो जमिन अधिकृत वासेरनामा मार्फत पास गर्दा वारेशनामा अदालतबाट प्रमाणित गराउनु पर्नेमा सो नगराई श्रीमती उमासंग १ करोड पाँचलाख लिएको नाटक गरी कुनै बैंक भौचर वा बिना राजिनामा गरी सो जमिन हिनामिना गरेको आरोप लगाउदै बाँके जिल्ला अदालतमा मामा ऋषिकेश शर्माले अधिकृत वारेसनामा मार्फत गरेको लिखत बदरको लागि अदालतमा मुद्दा दायर गरेको बताए ।

उनले मामासंग पटक–पटक आफ्नो जमिनको बारेमा कुरा गर्दा आलटाल गर्दै पन्छिएको कारण आफै बाँके मालपोतमा गएर बुझ्दा मात्र जमिन मामाले जालसाज गरी २०७७ चैत्र २२ गते माईजु उमाको नाममा पास गरेर विश्वासघात गरेको आरोप लगाउदै भने–‘सम्पत्तिको लागि मान्छेले यत्तिसम्म विश्वासघात गर्न सक्ने रहेछन । यहाँ आफ्नै मामाले नै विश्वास तोडरे ४ विगाह जमिन हडप गरेपछि कसको विश्वास गर्नु ।’

जमिन पास गरेपछि मामा ऋषिकेश र माईजु अमेरीका गएको र उनीहरु दुबैसंग पटक–पटक सम्पर्क गर्नखोज्दा आफ्नो सम्पर्कमा आउन नचाहेको प्रकाश बताउछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिबार र आईतबार गरी दुईदिनमा जनप्रतिनिधिसहित पाँचसय बढी एमाले प्रवेश

३१ श्रावण २०७८, आईतवार १७:४३
नेपालगञ्ज :  बाँकेमा दुईदिन यता विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा भित्र्याउन भ्याई नभ्याई भएको छ । एमाले स्थायी कमिटी सदस्य, लुम्बिनी प्रदेश ईन्चार्ज तथा निबर्तमान मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्य सम्पन्न भएको हो । शनिबार डुडुवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष मोहनराम मिश्र (गोबद्र्धन महाराज) […]