कोहलपुरका १३ वटा विद्यालय कारवाहीमा

सदरलाइन संवाददाता २२ असार २०८०, शुक्रबार १३:३०
 

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकामा कोहलपुरका १३ वटा विद्यालयमध्ये अधिकांश संस्थागत विद्यालय रहेका छन् ।

कोहलपुर नगरपालिकाले जारी गरेको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सूचनाहरुको बेवास्ता गर्ने र तथ्थांकहरु समेत नगर शिक्षा शाखामा नबुझाउने भन्दै कारवाही अन्तर्गत दर्तानै खारेजीसम्मको सूचना जारी गरेको छ । जसमध्ये ४ वटा विद्यालयले भने एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली भरेकै छैनन् ।


अन्य ५ ले २०८० को अद्यावधिक नगरेको र ४ वटा विद्यालयले २०७८ सालकै अद्यावधिक नगरेको शाखाका प्रमुख राम बहादुर हमाल बताउँछन् । हमालका अनुसार सूचना जारी भएको ७ दिन भित्र एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली नभर्ने विद्यालयलाई २५ हजारका दरले जरिवाना गरी कारवाहीको पक्रिया अगाडि बढाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा स्थानीय तहका निर्माणाधीन भवन अलपत्र

२२ असार २०८०, शुक्रबार १३:३०
नेपालगञ्ज : निर्माण व्यवसायीको लापरवाहीका कारण बाँकेमा स्थानीय तहका निर्माणाधीन भवन अलपत्र परेका छन् । नयाँ भवन निर्माण सम्पन्न गर्ने समयावधि सकिए पनि निर्माण व्यवसायीले ढिलाइ गरिदिएका कारण जानकी, नरैनापुर र खजुरा गाउँपालिकाले अस्थायी संरचनाबाट सेवा प्रवाह गर्न बाध्य छन् । साविकको बागेश्वरी गाविस कार्यालयमा थप केही संरचना बनाएर खजुरा […]

सम्बन्धित