प्रदेस स्थापना दिवसको अवसरमा नरैनापुरमा एकदिने स्वास्थ्य शिबिर

४ फाल्गुन २०७५, शनिबार ०७:२४
 

सदरलाइनडटकम,
नरैनापुर(बाँके) : प्रदेश नं. ५ स्थापना दिवसको अवसर पारेर समाजिक विकास मन्त्रालय बुटवलले बाँकेको नरैनापुरको गंगापुरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
सो स्वास्थ्य शिविरको प्रदेस नं. ५ का सांसद कृष्णा केसी नमूनाले शुक्रबार उद्दघाटन गरिन । उनले प्रदेस सरकारले स्थापना दिवसको अवसरमा प्रदेशका ५ जिल्लाको पाँच ठाँउमा आयोजना गरेको स्वास्थ्य शिविर मध्ये यो शिविर एक भएको बताईन । बाँकेको नरैनापुर क्षेत्र अत्यन्तै विकट क्षेत्रको रुपमा रहेको र जनताको घरदैलोमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा लिएर आएको उनले दाबी गरिन ।
उनले प्रदेस स्थापना अवसरमा नवलपरासीको सुस्ता, बाँकेको नरैनापुर, दाङ्गको बंगलाचुली गाउपालिका, रोल्पाको सुनिल स्मृती गाउपाललिका, गुल्मीको कालीगण्डकी गाउपालिका पुर्तीघाटका जनताको लागि एकदिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिईन ।
नरैननपुर गाउपालिका अध्यक्ष मो ईस्तियाक अहमद शाहले प्रदेस सरकारले प्रदेश स्थापना दिवसको अवसरमा नरैनापुरका गाउपालिकाको जनताको लागि विषेशज्ञ स्वास्थ्य सेवा सहित निशुल्क स्वास्थ्य शिविर राखिएको बताए । उनले सुगम जिल्लाको दुर्घम गाउपालिकाको परिचय पाएको नरैनापुरलाई प्रदेस सरकारले प्रथामिकतामा राखेको भन्दै धन्यबाद समेत दिए ।
सो स्वास्थ्य शिविर कार्याक्रमका संयोजक गोपालप्रसाद गौतमले स्वास्थ्य शिविरमा ४सय ९८ जनाले सेवा लिएको स्वास्थ्य जानकारी दिए । उनले सो शिविरमा २९५ महिला र २०३ पुरुषले सेवा लिएका मध्ये पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको १० जना मध्ये २ जनामा पोजेटिभ देखिएको बताए ।
सो शिविरमा विरामी जाँच गर्दै आएका भेरी प्रादेशिक अस्पताल नेपालगन्जका फिजिसियन डा.अलताबिन राहीले शिविरमा आएका विरामीहरुमा सिजनल रुघाखोकी जरो र छालाको समस्या लिएर आउने विरामीको संख्या अधिक रहेको बताए ।  

Next Post

साढे आठ सय सुत्केरीलाई प्रोत्साहन भत्ता

४ फाल्गुन २०७५, शनिबार ०७:२४
सदरलाइनडटकम, दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले आठ सय ४४ सुत्केरीलाई प्रोत्साहन भत्ता वितरण गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्षका माघसम्म उक्त भत्ता वितरण गरेको हो । मातृशिशु मृत्युदर कम गर्ने कार्यक्रमअन्तर्गत सुत्केरी भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले बताए । एक जना सुत्केरीलाई अस्पतालबाट ९०० र […]