बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला

सदरलाइन संवाददाता १२ बैशाख २०८२, शुक्रबार १२:०४
 

नेपालगन्ज : बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।


सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव बैशाख १२ गते बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली पोख्रेलको खोजीमा खटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा महामन्त्री राणाको स्वास्थ्य अवस्था सामान्य

१२ बैशाख २०८२, शुक्रबार १२:०४
नेपालगन्ज : चिकित्सकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवल शमशेर राणाको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट दिएका छन् । मुम्बइस्थित ‘हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया’ मा फलोअपका लागि पुगेका राणालाई चिकित्सकले ‘अल क्लियर’ भनेर रिपोर्ट दिएको राणाको भनाइ उद्धृत गर्दै राप्रपाका सहायक महामन्त्री ऋषि राज देवकोटाले जानकारी […]