सदरलाइनडटकम,
काठमाण्डौ : नक्कली नोटसहित गोंगबुमा एक जना पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा कुँवर बसेको होटलमा शनिवार छापा मार्दा नक्कली नोट बरामद भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार नक्कली नोटको कारोबारमा अर्का एक जना पनि संलग्न रहेका पाइएको छ । उनको पहिचान खुलिसकेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
