नेपालगञ्जमा बिहीबारदेखि पाँचदिने शिव साधना सुरु हुँदै

१५ फाल्गुन २०७५, बुधबार २२:०४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा पहिलो पटक चौथो शिव साधना शिवरात्री बिशेष कार्यक्रम हुने भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा फागुन १६ देखि २० गतेसम्म शिव साधना आयोजना मुल समिति, नेपालगञ्जको आयोजनामा शिव साधना हुने भएको हो ।

नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय पछाडी भृकुटीनगरमा हुने शिवरात्री विशेष चौथो शिव साधनाको सम्पुर्ण तयारी पुरा भएको शिव साधना आयोजना मुल समिति, नेपालगञ्जका संयोजक हरि सुवेदीले जानकारी दिए ।

भगवान शिवको पूजा र आरधाना गर्ने विशेष दिन शिवरात्रीका अवसर पारेर आयोजना गरिएको साधनाको क्रममा साधकहरु प्रार्थना, ध्यान, जप, सत्सङ र योगमा मदनबाबाले सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन दिनेछन् ।

साधनाको अन्तिमदिन पितृहरुको उद्धार एव्म साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने साधना आयोजन मुल समितिका संञ्चार संयोजक ओबिराज आचार्यले जानकारी दिए ।


संञ्चार संयोजक आचार्यले सो साधनामा नेपालका बिभिन्न जिल्ला र भारतका गरी १५ सय बढीको सहभागिता हुने बताए । यस अघि साधनालाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु समेत गठन गरिएको थियो ।

आर्थिक व्यवस्थापन, प्रचार प्रसार, स्वागत तथा सत्कार, भोजन व्यवस्थापन, आवास, मञ्च तथा टेन्ट व्यवस्थापन, दैनिकपूजा, रुद्री र सवाकरोड ज्योति प्रज्वलन, खानेपानी तथा सरसफाइ, सुरक्षा र कार्यसम्पादन समिति गठन गरिएको प्रचार संयोजक आचार्यले बताए ।

शिविरमा सहभागिताका लागि जुनसुकै धर्म, पेशा, जातजाति, भाषा, संस्कृतिका साथै जनुसुकै उमेरका व्यक्तिहरु सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

Next Post

मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध

१५ फाल्गुन २०७५, बुधबार २२:०४
कास्की, : नेपाल कम्युनिष्ट पार्टी नेकपा गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ । अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गर्नुभएको शोक वक्तव्यमा संविधानसभाको विकास समितिको सभापति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका […]