अबैधरुपमा नेपालगन्ज भित्रदै गरेको यौन उत्तेजक औषधि बरामदपछि नष्ट

३ पुष २०७४, सोमबार १७:५१
 

सदरलाइनडटकम    
३ पुस, नेपालगन्ज : भारतीय बजारबाट यौन क्रियाकलापमा प्रयोग हुने तथा विभिन्न प्रतिबन्धित औषधी भित्रिने गरेको पाईएको छ । भन्सार राजश्व गस्तीको लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचको क्रममा अबैध र प्रतिबन्धित यौन उत्तेजना बढाउने औषधि बरामद गरेपछि सो कुरा जानकारीमा आएको हो ।
सशस्त्र प्रहरीको भन्सार सुरक्षा तथा राजश्व गस्तीको टोलीले अबैध रुममा भारतबाट नेपाल ल्याउदै गर्दा चेकजाँँचको क्रममा शसस्त्र प्रहरीले उक्त प्रतिबन्धित औषधि बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक टिकाराम गोसाईले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार रुपैडिहबाट नेपालगन्ज आउदै गरेको से १ स ८६७ नम्बरको अटोेरिक्सामा लुकाएर ल्याउदै गरेको अवस्थामा चेकजाँच गर्दा सो अटो रिक्साको सिटमुनि लुकाएर राखिएको अवस्थामा २४ प्रकारको प्रतिबन्धित औषधि प्रहरीले बरामद गरेको हो ।
प्रहरीका बोरामा हालेर राखेको अवस्थामा यौन उत्तेजना बढाउने प्रतिबन्धित र कन्डमहरु, गर्भपतन गराउने, दाद रोग र नेपालमा प्रतिबन्धित मलमहरु बरामत भएको प्रहरीले जानकारी दिएको छ । भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ ल्याउँदै गरेको अवस्थामा नेपालमा प्रतिबन्धित औषधिहरु प्रहरीले रिक्सासहित नियन्त्रणम लिएको हो ।
से १ स ८६७ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्दा बोरामा लुकाइराखेको अवस्थामा प्रहरीले औषधि फेला पारेको हो । सशस्त्र प्रहरीका अनुसार २४ प्रकारका औषधिहरु बरामत भएका छन् । सबै औषधिको खरिद मूल्य हेर्दा करिब ६० हजार जति पर्ने प्रहरीको भनाइ छ । बरामद गरिएका औषधिहरु बिक्रीका लागि नेपालमा ल्याइन लागिएको हुनसक्ने बताइएको छ । सबै औषधीहरु मुचुल्का उठाएर सोमबार नै नष्ट गरिएको छ । अटो रिस्सा भने प्रहरीको नियन्त्रणमा छ ।
नेपालगन्जका अधिकांश नीजि मेडिकल पसलमा प्रतिबन्धित औषधीहरु बिक्री हुँदै आएको जनगुनासो समेत बढ्दै आएको छ । औषधी विभागले पटक–पटक अनुगमन गरेपनि कारबाहीको प्रक्रियामा औषधी व्यवासायीलाई लिन नसकेका कारण मेडिकल पसलमा खुलेआम प्रतिबन्धित औषधीहरु बिक्री वितरण भइरहेका छन् ।

Next Post

नेपालगन्जमा पानी परियोजनाको अभिमुखीकरण सुरु

३ पुष २०७४, सोमबार १७:५१
सदरलाइनडटकम    ३ पुस, नेपालगन्ज : नेपाल वातावरण पत्रकार समूहले सञ्चालन गर्न लागेको पानी परियोजनाका लागि तीन दिने अभिमूखीकरण सोमबारबाट नेपालगन्जमा सुरु भएको छ । मध्य र सूदूरपश्चिमका २४ जिल्लाका सञ्चारकर्मी तथा कार्यक्रमसँग सम्बन्धित परियोजनाका कर्मचारी एवं परियोजना साझेदार संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको जनाईएको छ । यूएसएआइडीको सहयोगमा सञ्चालीत पाँच […]