खाद्य मेलाको समापन, जिभिएनले जित्यो नृत्यको उपाधी

१ पुष २०७५, आईतवार १९:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी खाद्य मेला आईतबार सम्पनन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले आयोजना गरेको ३ दिने खाद्य मेलामा २० हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।
५९ वटा विभिन्न प्रकारका स्टल राखिएको सो मेलामा आयोजना गरिएको नृत्य प्रतियोगितामा जिभिएन स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
धेरै बिद्यार्थीहरु माझ भएको अन्तिम प्रतिस्पर्धाबाट नृत्य प्रतियोगितामा जिभिएन स्कुलकी सरिता फुयाल प्रथम स्थान हासिल गर्दै नगद २० हजार र प्रमाणपत्र पाईन । उनलाई पछाउदै युनाईटेड मावि नेपालगन्जका झरना थापाले १५ हजार, भेरी ईंग्लिस स्कुलका श्रेया धितालले १० हजार र सगरमाथा ईन्टरटेमन्टले सान्त्वना सहित ५ हजार पुरस्कार प्राप्त गरेको छ ।
परम्परागत खाद्य स्टलमा गोचाली खाजाघर प्रथम हुँदै ५ हजार, थारु खाजाघरले द्वितिय हुँदै ३ हजार र थारु कल्चरले तृतिय हुँदै २ हजार पुरस्कार प्राप्त गरेको छ । यसैगरी नविनतम प्रविधिमा पारिजात आमा समुह प्रथम हुँदै ५ हजार, मिस्टर बेकरले द्वितिय हुँदै ३ हजार र लिटिल हंगरले तृतिय हुँदै २ हजार पुरस्कार प्राप्त गरेको छ । यसैगरी घरेलुतर्पm फाईन फुड ईण्डष्ट्री प्रथम हुँदै ५ हजार, कस्तुरी फुड ईण्डष्ट्रीले द्वितिय हुँदै ३ हजार र प्रान्सु खाद्य उद्योगले तृतिय हुँदै २ हजार पुरस्कार प्राप्त गरेको छ ।

Next Post

बाँकेलाई देशकै नमूना जिल्ला बनाउने : मन्त्री राई

१ पुष २०७५, आईतवार १९:५८
सदरलाइनडटकम, नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्ज उप–महानगरपालिका र बाँके जिल्लालाई देशकै नमूना बनाउने अभियानमा आफु रहेको बताएका छन् । नेपालगञ्ज वडा नम्बर १३ उदयपुरस्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको सोमवार उद्घाटन गर्दै मन्त्री राईले एक बर्षभित्रै नेपालगञ्ज र बाँके जिल्लाले विकासमा फड्को मार्ने दाबी गरे । कार्यक्रममा प्रदेशसभा […]