गुल्मीका कोरोना संक्रमितको मृत्युको समाचार गलत : अस्पताल

७ जेष्ठ २०७७, बुधबार १४:१८
 

सदरलाइनडटकम,
बुटवल : नेपालमा कोरोना भाइरसका कारण गुल्मीका संक्रमित पुरुषको मृत्यु भएको भनि आएका समाचारहरु सत्य नभएको अस्पतालले जनाएको छ । गुल्मी जिल्लाको मदाने–६ का ४१ बर्षीय पुरुषको मृत्यु भएको समाचारहरु बाहिरिएपछि अस्पतालले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
आधिकारिक हस्ताक्षर बिनै निकालिएको विज्ञप्तिमा मृत्युको हल्ला गलत भन्दै गम्भीर अवस्थाका विरामी उनलाई आईसीयूमा उपचार भइरहेको जनाइएको छ । बुटवलस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका उनमा सोमवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहेको थियो ।
पेशाले शिक्षक रहेका उनको विद्यालय क्वारेन्टिन भएकाले त्यहीँबाट संक्रमण सरेको आशंका गरिएको छ । अस्तालका सञ्चालक दुर्गा पाण्डेले उनको मृत्यु नभएको दावी गरेका छन् । यता स्वास्थ्य मन्त्रालयका आधिकारीक धारणा आउन बाँकी छ ।


Next Post

समाजसेवी बर्माद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री

७ जेष्ठ २०७७, बुधबार १४:१८
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड १९) संक्रमण महामारीको रुपमा फैलिरहेका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोर्टिङ्गका लागि बाँके डुडुवा गाउँपालिका वडा नं. २ नौरीगौढीका समाजसेवी केशवराम बर्माले अवधी पत्रकार संघ नेपाललाई ५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न तथा सावधानी अपनाउनका लागि स्वास्थ्य […]

सम्बन्धित