निर्मलाको नाममा चिल्ड्रेल पार्क बन्दै

२३ माघ २०७५, बुधबार १४:५७
 
तस्बिर : उज्यालो अनलाइन ।

सदरलाइनडटकम,
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको नाममा चिल्ड्रेल पार्क बन्दैछ । भिमदत्त नगरपालिका–२, को वडा कार्यालयले निर्मला अध्ययनरत विद्यालय सरस्वती माविमा बुधवार चिल्ड्रेल पार्कको शिलान्यास गरेको हो ।
वडा कार्यालयको बैठकको निर्णय अनुसार निर्मलाको सम्झनामा चिल्ड्रेल पार्क निर्माण कार्य शुरु गरिएको भिमदत्त नगरपालिका–२, का वडाअध्यक्ष डम्मरसिंह कार्कीले बताए । उनले पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।
चिल्ड्रेल पार्कमा पुष्प वाटिका तथा साना बालिबालिका लागि खेल्नका लागि खेल मैदान र झुलाको निर्माण गरिने भिमदत्त नगरपालिका २ को वडा कार्यालयले जनाएको छ । १२ लाख ४४ हजार रुपैयाँ लागतमा निर्माण गरिने चिल्ड्रेल पार्कको मूल गेटमा निर्मलाको नाम देखिने वडाध्यक्ष कार्कीले जानकारी दिए ।
यता, छोरीको नाममा चिल्ड्रेल पार्क बन्ने शुरु भएपछि निर्मलाकी आमाले खुशी व्यक्त गर्नुभएको छ । हत्या भएको ६ महिना बितिसक्दासमेत हत्या पत्ता नलाग्नु दुःखद् भएको बताउँदै छोरीको सम्झनामा चिल्ड्रेल पार्क बन्न लागेका खुशी लागेको दुर्गादेवीले बताइन् ।

Next Post

क्रिकेटर अविनाशको नेपालगञ्जमा स्वागत

२३ माघ २०७५, बुधबार १४:५७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज कोरियनपुरका अविनाश बोहरा पहिलोपटक नेपाली क्रिकेट टोलीमा समावेश भए । पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेर उनले आम दर्शकको मन जितेका छन् । ६ विकेट लिएर उनी म्यान अफ द सिरिज हुन सफल भएका थिए । संयुक्त अरब इमिरेट्स (युएई)सँगको टि–ट्वान्टी क्रिकेट श्रृङ्खला जित्ने नेपाली राष्ट्रीय टोलीका […]

सम्बन्धित