नेपालगञ्जमा सरसफाई कर्मचारीलाई सुरक्षा सामग्री सहयोग

सदरलाइन संवाददाता १७ मंसिर २०७७, बुधबार १६:२३
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधवार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ । उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मेयर डा. धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का र प्रबक्ता प्रमोद रिजालले सरसफाई कर्मचारीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

मेयर डा. राणाले कोरोनाको उच्च जोखिमका बावजुद सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि उदाहरणीय कार्य गर्न आग्रह गरे । उप–महानगरपालिकाले जर्मन सहयोग (जिआईजेड) तथा विश्वका चिकित्सकहरुको सहकार्यमा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई साम्रगी सहयोग गरेको हो ।


उपमेयर उमा थापा मगरले सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीलाई माक्स, ग्लोब्स, सेनिटाईजर, पिपिई, गम्बुट लगायतका १४ प्रकारका सामग्री उपलब्ध गराइएको जानकारी दिइन् । नेपालगञ्जमा ३ सय ५० जना सरसफाई कर्मचारी कार्यरत रहेका छन् ।

Next Post

एड्सबाट बाँकेमा १ सय ५४ जनाले ज्यान गुमाए

१७ मंसिर २०७७, बुधबार १६:२३
नेपालगञ्ज : एड्सका कारण बाँकेमा १ सय ५४ जना एचआइभी संक्रमितको ज्यान गएको छ । कुल १ हजार २ सय १७ एचआइभी संक्रमितमध्ये १ सय ५४ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत धिरजंग शाहले जानकारी दिए । भेरी अस्पतालमा एण्टीरेक्ट्रो भाइरल ट्रिटमेन्ट (एआरटी) सेवन गर्नेको संख्या […]