क्षति न्यूनीकरण गर्न विपद पूर्व तयारी योजना कार्यान्वयनमा जोड

सदरलाइन संवाददाता २४ जेष्ठ २०८०, बुधबार १५:०६
 

 

नेपालगञ्ज : विपदबाट हुने क्षती न्यूनीकरण गर्न विपद पूर्व तयारी योजना कार्यान्वयनमा जोड दिइएको छ । नेपालगञ्जमा बुधवार आयोजित ’विपद पूर्व तयारी योजना कार्यान्वयन कार्यशाला’ मा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनमा जोड दिइएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) अन्तर्गत गरिएको कार्यशालामा नेपालगन्ज उपमहानगरपालिकाको विपद जोखिमको अवस्थाबारे चर्चा गरिएको थियो ।


कार्यशालामा पूर्व प्रमुख सेनानी डा. सुजन मल्लले विपद, विपद पूर्व तयारी, पूर्व तयारी योजना कार्यान्वयन र प्रतिकार्य सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए । त्यसक्रममा समूह बनाई कृत्रिम घटना अभ्यास पनि गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न कार्यशालामा उपप्रमुख कमरुद्दिन राई, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोबर्द्धनसिंह सम्झना, नेपालगन्जका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

कार्यशालामा स्वागत मन्तव्य वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसीले गरेका थिए । सुपर प्रोजेक्ट नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय राजदूतावासले छात्रावास निर्माणमा सहयोग गर्ने

२४ जेष्ठ २०८०, बुधबार १५:०६
नेपालगञ्ज : नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा छात्रावास निर्माणका लागि भारतीय राजदूतावासले तीन करोड ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । क्याम्पसमा १७ वर्षअघि छात्रावास निर्माणका लागि कार्य सम्पादन सम्झौता भएकोमा हालसम्म निर्माण कार्य पुरा हुन नसकेपछि गत वर्ष दूतावासको टोली स्थलगत निरीक्षणमा आएको थियो । भारतीय पक्षले छात्रावासको […]

सम्बन्धित