समाज कल्याण परिषदद्वारा मदरसा र विद्यालयमा अनुगमन

२१ माघ २०७५, सोमबार १४:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विगतमा बाँकेमा सञ्चालित विद्यालयमा आधारित स्वास्थ्य तथा सरसफाई कार्यक्रमको सोमवार अनुगमन गरिएको छ । समाज कल्याण परिषद्को टोलीबाट नेपाल रेडक्रस सोसाइटीद्वारा अनुगमन गरिएको हो ।
अनुगमनमा समाज कल्याण परिषद्का अनुगमन टोली प्रमुख डा. होमनाथ चालिसे, टोली सदस्य दुर्गा गौतम र रेडक्रस केन्द्रका बाबुराजा बोहरा रहेका थिए । टोलीले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव र कार्यालय प्रमुख निरञ्जना मल्ल लगायतसंग गतिविधिको बारेमा छलफल गरेको थियो ।
साथै कार्यक्रम सञ्चालन भएको मदरसा तथा विद्यालयहरुमा स्थलगत अनुगम समेत गरिएको थियो । टोलीले अनुगमन पछि रेडक्रसलाई धन्यवाद दिँदै परियोजनाले निर्धारण गरेको गतिविधि सफलता पूर्वक सम्पन्न गर्नुका साथै विद्यालयमा व्यवहार रुपान्तरण, भौतिक संरचना मर्मत सम्भारमा सहयोग गरेको प्रतिक्रिया दिएको थियो ।

Next Post

चर्को ब्याजदरबिरुद्ध बाँकेका व्यावसायी

२१ माघ २०७५, सोमबार १४:४६
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेका उद्योगी ब्यवसायीहरु बैंक तथा बित्तीय क्षेत्रले लागु गरेको चर्को ब्याजदरबिरुद्ध आन्दोलित भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा प्रदर्शनसहित प्रशासनमा राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाइएको छ । ब्याजदरले आम नागरिक र ब्यवसायी उठिबास हुने अवस्थामा पुगेकाले आन्दोलनमा उत्रिनु परेको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

सम्बन्धित