मोहना नदीले बगाउँदा एकजना बेपत्ता

सदरलाइन संवाददाता १२ भाद्र २०७८, शनिबार १४:१५
 

कैलाली : कैलालीमा मोहना नदीले बगाउँदा १ जना बेपत्ता भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा न ३ स्थित मोहना नदीले बगाउँदा सोही ठाउँका बर्ष २८ का पुरन राना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शुक्रबार कञ्चनपुरबाट घर फर्कने क्रममा साँझ पौने ७ बजेतिर नदीले बगाएको थियो । नदी तर्ने क्रममा पुरनसहित सोही ठाउँका लक्ष्मण राना र सुशिल रानालाई पनि नदीले बगाएको थियो ।


उनीहरुको भने प्रहरीले उद्धार गरेको छ । तर पुरन भने अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय कैलीले जनाएको छ । उनको खोजिकार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार १३ संक्रमित थपिए, १० डिस्चार्ज

१२ भाद्र २०७८, शनिबार १४:१५
नेपालगञ्ज : बाँकेमा शनिवार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा गरिएको १ सय १० नमुना परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा ८ जना, कोहलपुर मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण […]