नरैनापुरमा हेल्थ डेस्क थपिँदै

५ चैत्र २०७६, बुधबार १७:१२
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाका थप ४ स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । यसअघि एक स्थानमा हेल्थ डेस्क स्थापना गरिएको थियो । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार भएको बैठकमा रोशनपुर्वा, घोरदौरिया, भगवानपुर र सोनबर्षामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिए । सुइया नाकामा भने यसअघि नै हेल्थ हेस्क स्थापना गरिएको थियो ।
भारतको उत्तर प्रदेशमा पनि कोरोना संक्रमित विरामी भेटिएकाले खुला सीमाका कारण बढेको जोखिमलाई दृष्टिगत गर्दै नरैनापुरबाट भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परिक्षण गर्ने गरी हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तिायक अहमद शाहले बताए ।
प्रत्येक हेल्थ डेस्कमा एक सिफ्टमा दुई जना स्वास्थ्यकर्मी रहने गरी प्रहरीको सहयोग लिएर हेल्थ डेस्क सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख खाँले बताए । त्यस्तै सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजकताका बारेमा जानकारी दिन माइकिङ्ग गर्ने निर्णय भएको छ । माइकिङ्ग गर्दै घरघरमा पर्चा पम्प्लेट पनि वितरण गरेर नागरिकलाई स्वास्थ्य सजकता अपनाउन अपिल गरिने स्वास्थ्य शाखाका उपप्रमुख नागेन्द्र कुमार शाहले बताए ।
स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाहीले खुला सीमाका कारण नरैनापुरमा पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै भारत आवतजावतमै कडाई गर्न जरुरी रहेको बताए । सर्वसाधारणलाई कोरोनाको संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन आवश्यक रहेकाले जनप्रतिनिधिहरुले यसतर्फ ध्यान दिनुपर्ने सुझाब दिए ।

Next Post

ट्रकको ठक्करबाट नेपालगञ्जमा तीन घाईते

५ चैत्र २०७६, बुधबार १७:१२
सदरलाइनडटकम, नेपालगञ्ज : ट्रकको ठक्करबाट नेपालगञ्जमा तीन जना घाईते भएका छन । बुधवार बेलुका गणेशमान चोक नजिकै मालबहाक ट्रकले एकै पटक ३ वटा अटो रिक्सा, २ वटा बाईक र एउटा स्कुटीलाई ठक्कर दिएको हो । नेपालगञ्जबाट कोहलपुतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिँदा खजुरा २ का ६४ वर्षीय मोटरसाईकल चालक लालबहादुर […]

सम्बन्धित