भेरी अस्पतालका चिकित्सकसहित १९ जना डिस्चार्ज

; २६ भाद्र २०७७, शुक्रबार ०९:२२
 

नेपालगञ्ज : शुक्रवार बाँकेबाट कोरोनामुक्त भई १९ जना डिस्चार्ज भएका छन् । भेरी अस्पताल नेपालगञ्जका एक चिकित्सक र एक नर्स, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीलगायत अन्य गरी १९ जना डिस्चार्ज भएका हुन् । योसँगै बाँकेमा कोरोनामुक्त भइ डिस्चार्ज हुनेको संख्या ९ सय ७० पुगेको छ ।

भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलाई बिभिन्न आईसोलेशनमा राखेर उपचार गरिएको थियो । कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


बाँकेमा हालसम्म १ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाको मृत्यु भइसकेको छ । हाल बाँकेका विभिन्न आइसोलेशनमा ३ सय ९१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Next Post

लकडाउनको उपहार र आम जनमानसले खेप्नु परेको सास्ती

२६ भाद्र २०७७, शुक्रबार ०९:२२
इन्द्र बस्नेत  :,  कोरोनाको संक्रमणले बिश्वनै आक्रन्त बनिरहेको छ । यस्ले बिश्व समुदायलाई नै चुनौती दिरहेको छ । बिश्व समुदाय कोरोनासंग जुध्नु पर्ने रोग भएकोले कोरोनासंग जुधिरहेको छ । नेपाली समुदाय पनि कोरोनासग जुधिरहेको छ र लकडाउनको पुर्ण पालना गरि रहेका छं । यो लकडाउनले हुनेखानीको लागि साहै्र असर नपरे […]

सम्बन्धित