डा. पाण्डे र डा. किदवाई सम्मानित

सदरलाइन संवाददाता ३ आश्विन २०७९, सोमबार १४:०१
 

नेपालगञ्ज : भेरी अस्पतालका मेडिशिन विभाग प्रमुख एवम् सिकलसेल एनिमिया तथा ट्रपिकल मेडिसिन विशेषज्ञ प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डे र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका निर्देशक तथा वरिष्ठ चिकित्सक डा एम किदवाईलाई लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री प्रज्जवल दीप द्धितिय पदकबाट विभूषित गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले संबिधान दिवसका अवसरमा डा पाण्डे र डा किदवाईलाई उक्त पदक दिने घोषणा गरेको हो । यो पदक लुम्बिनी प्रदेशका कर्मचारीलाई प्रदान गरिने सर्वोच्च पदक हो । प्रदेशको सम्बृद्धि तथा प्रतिष्ठा अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई मुख्यमन्त्री प्रज्ज्वल दीप पदकबाट विभूषित गर्ने गरिएको छ ।

संबिधान दिवसको दिन घोषणा गरेको उक्त पदक लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गर्ने छ ।


यस्तै नेपालगञ्ज मेडिकल कलेजका शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक वरिष्ठ चिकित्सक डाक्टर रोमन किदवाई प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुने छन् । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा डा किदवाई पनि परेका हुन् ।

भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान दिवसमा बाँकेका १७ कैदीबन्दीले पाए आममाफी

३ आश्विन २०७९, सोमबार १४:०१
नेपालगञ्ज : संबिधान दिवसका अवसरमा बाँके कारागारका १७ जना कैदीबन्दीले आममाफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी ६ सय ८१ कैदीलाई आममाफी दिनेक्रममा बाँके कारागारका १७ जना कैदीबन्दी परेको जेलर रामप्रसाद सोनकरले बताए । आममाफी पाउने कैदबन्दीहरु कर्तव्य ज्यान […]

सम्बन्धित