‘विकासमा युवाको सहभागिताले मुलुकले ठूलो फड्को मार्न सघाऊ पुग्छ ‘

२९ असार २०७३, बुधबार १४:२८
 

सदरलाइनडटकमIMG_1837
२९ असार, नेपालगन्ज : युएनडिपि नेपालकी उपराष्ट्रिय निर्देशक सोफी किम खाब्जेले विकासमा युवाको सहभागिताले मुलुकले ठूलो फड्को मार्न सघाउ पु¥याउने बताएकी छन् । युएनडिपि नेपाल, नेपाल पत्रकार महासंघ बाँके, महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्ज र बागेश्वरी बहुमुखि पब्लिक क्याम्पस कोहलपुरको आयोजनामा नेपालगन्ज र कोहलपुरमा आयोजना गरिएको ‘लेक्चर सिरिज अन डेभलपमेन्त एण्ड ईनोभेशन’ कार्यक्रममा आफ्नो भनाई राख्दै सो कुरा बताएकी हुन ।
बुधबार बिहान कोहलपुरको बागेश्वरी बहुमुखि पब्लिक क्याम्पसमा पहिलो कार्यक्रममा बोल्दै उनले युवाले दिगो विकास लक्षमा पुग्नको लागि आ–आफ्नो क्षेत्रबाट विभिन्न भूमिका निभाउन सक्ने जानकारी दिईन । दिगो विकासका लागि युएडिपी नेपालले विभिन्न १७ वटा सुचांक रहेको उल्लेख गर्दै उनले गरिवी निवारण, खाद्य सुरक्षा, सुशाशन, लैङ्गिक समानता, जलबायु परिवर्तन, दैवि प्रकोपजस्ता सुचांकमा नेपाल सरकारलाई सघाई रहेको बताईन ।
उनले प्रविधिको प्रयोगले युवालाई सकारात्मक बाटोमा लाग्न प्रेरित गर्ने कुरालाई स्पष्ट पार्दै भनिन्–‘प्रविधिको प्रयोगले मानिसलाई काम प्रतिको मोह मात्र लगाउदैन सही प्रयोगले कार्यालय नै एउटा मोवाईल भित्र सबै अटाउन सक्छ ।’ उनले युएनडिपि नेपालले विनासकारी भुकम्पको बेलामा अति प्रभावित क्षेत्रमा सर्वेको लागि खटिएका व्यक्तिहरु मात्र एउटा मोबईलको भरमा डाटा संकलनदेखि तस्वीर लिने र सानोतिनो कार्यालयको काम नै मोवाईलबाट लिईएको जानकारी दिईन ।
सो अवसरमा युवालाई सन्देश दिने खालको केही भिडियो क्लीपहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा सहभागि युव विद्यार्थीले विकासमा युवाको सहभागिताको उपायहरु के–के हुनसक्छन, युवाको सहभागिता परिवर्तनको लागि मात्र किन हुने गरेको छ । लैंगिक समानताको लागि प्रतिनिधित्व मात्रले हुन्छ वा उनीहरुको नीति निर्माण गर्नेतहसम्म हुनुपर्छ जस्ता प्रश्नहरु आएका थिए ।
सो अवसरमा बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरका प्रमुख शिशिर शर्माले युएनडिपी नेपालले दिगो विकासको लागि गरेका विभिन्न कार्यको सह्रहाना गर्दै विकासमा समग्र युवाको सहभागिता आवश्यक रहेको बताए ।
यसैगरी बुधबार विहानै नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि सोही कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा क्याम्पस प्रमुख गणेश रेग्मी, सहायक क्यम्पस प्रमुख रविन्द्र कर्ण डोलबहादुर भण्डारी, अधिकारकर्मी गोपालनाथ योगी, भोला महतलगायत विद्यार्थी र युवाको सहभागिता रहेको थियो ।
कोहलपुर र नेपालगन्जमा आयोजना गरिएको दुबै कार्याक्रमको सहजिकरण युएनडिपि नेपालका सञ्चार प्रमुख कमलराज सिग्देल, फिल्ड कार्यालयका पदम विक र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीले गरेका थिए ।   IMG_1694 IMG_1710 IMG_1749 IMG_1781 IMG_1810  IMG_1645 IMG_1660 IMG_1667 IMG_1671 IMG_1672

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुरुभयो !

२९ असार २०७३, बुधबार १४:२८
नेपाल क्यान्सर अस्पताल बाँकेले बुधबारदेखि स्याटेलाईट सेन्टरमार्फत सेवा सुचारु गरेपछि बिरामी चेकजाँच गरिदैं । फोटो : सदरलाइनडटकम