बाँकेमा २३ जनामा कोरोना पुष्टि, ५ जना डिस्चार्ज

सदरलाइन संवाददाता ५ श्रावण २०७८, मंगलवार १७:०५
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा २३ जना संक्रमित थपिएका हुन् ।

भेरी अस्पतालको प्रयोगशालामा ७४ नमुना परीक्षण गर्दा १८ जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ३३ नमुना परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन । थपिएका संक्रमित मध्य जिल्लाका ४ जना छन् ।


जिल्लामा हालसम्म ८६ हजार ९०४ नमुनाको पीसीआर परीक्षण सम्पन्न भएको छ । संक्रमणबाट निको भएर गएको २४ घण्टामा थप ५ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै उपचारका लागि जिल्ला बाहिरबाट आएका एकजनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकामा स्थायी हेल्थ डेस्क निर्माण

५ श्रावण २०७८, मंगलवार १७:०५
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकामा स्थायी प्रकृतिको हेल्थ डेस्क निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले हेल्थडेस्कको नवननिर्मित भवनको मंगलबार उद्घाटन गरे । कोरोना, डेङ्गु, मलेरिया लगायतका […]