स्वर्ण पदक विजेता खेलाडी सम्मानित

१९ माघ २०७५, शनिबार १७:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले ७ औं राष्ट्रीय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीलाई पुरस्कृत गरेको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले ७ औं राष्ट्रीय खेलकुद प्रतियोगितामा गरिएको प्रतिवद्धता अनुसार र ८ औं मा सहभागी खेलाडीको हौसला वृद्धिका लागि नगद पुरस्कारबाट सम्मानित गरिएको जानकारी दिए ।
एथ्लेटिक्समा दुई स्वर्ण पदक विजेता यमसाजन सुनार (जाजरकोट), शुटिङ्गको समूह विजेता रहेको टोलीका सदस्यहरु बाँकेका संयोगकृष्ण श्रेष्ठ र दाङ्गका अर्नव घिमिरे र पवन घिमिरे,शसुटिङ्गकै कृष्णा थापा(बाँके), भारत्तोलनका प्रकाश केसी (बाँके), उसुका दीपक हमाल (सुर्खेत), जुडोका सोनु भट्ट(बाँके), कुस्तिका रमेश न्यौपाने (बाँके) र सप्mटट टेनिशका मेघा श्रेष्ठ बाँकेलाई सम्मान गरिएको हो ।
७ औं राष्ट्रीय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता साविक मध्यपश्चिम विकास क्षेत्रका खेलाडीलाई मध्यपश्चिम क्षेत्रीय विकास समितिले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यतामा खेलाडीहरुलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको हो । पदक विजेता खेलाडीसँगै प्रशिक्षक र जिल्ला खेलकुद विकास समितिलाई पनि सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद कृष्ण केसी, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, राखेप सदस्य शान्ति सिंह,क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए ।

Next Post

कारकादौंमा सार्वजनिक पुस्तकालय स्थापना

१९ माघ २०७५, शनिबार १७:५०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सार्वजनिक पुस्तकालय सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले शनिवार पुस्तकालयको उद्घाटन गरे । वडा अध्यक्ष दीपक वर्माले वडाबासीको बौद्धिक विकासका लागि पुस्तकालय संचालन अपरिहार्य भएको बताए । कारकादौंमा स्थापना गरिएको पुस्तकालयबाट नगरबासी सबलैले लाभ लिन पाउने बर्माले […]