कोहलपुरमा उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिदै

१० बैशाख २०७५, सोमबार १८:२०
 

सदरलाइनडटकम
१० बैशाख, कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाको आयोजनामा आगामि जेठ १८ गतेदेखि प्रथम नगरस्तरीय उप–मेयर कप छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
सोमबार कोहलपुर नगरपालिका अन्तरर्गत नगर शिक्षा शाखाका प्रमुख मनप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिताको नाम र मिति तय गरेको जानकारी प्राप्त भएको छ ।
नगरभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयका प्रअ, प्याब्सन, एनप्याब्सन तथा क्रिशाका प्रतिनिधिहरु सहभागि रहेको सो बैठकले नगर शिक्षा अधिकारी रेग्मीको संयोजकत्वमा ९ सदस्यीय प्रतियोगिता सञ्ंचालन तथा ब्यवस्थापन समितिसमेत निर्माण गरेको छ । पूर्व राष्ट्रिय टिमका कप्तान लेखबहादुर क्षेत्रीलाई प्रतियोगिता संयोजकको जिम्मेवारी तोकिएको छ ।
आगामी जेठ १८ गतेदेखि ‘अन्तर मावि उपमेयर कप छात्रा रनिङ क्रिकेट प्रतियोगिता–२०७५’ सम्म संचालन गरिने र त्यसको प्राविधिक तथा फिल्ड ब्यवस्थापन तर्फको सम्पूर्ण जिम्मेवारी मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरले गर्ने छ ।
प्रतियोगितामा नगरभित्र संचालनमा रहेका सम्पूर्ण शिक्षण संस्थामा अध्ययनरत छात्राहरुले प्रतिस्प्रर्धा गर्न पाउने बताईएको छ ।
बिसं २०६१ सालमा पहिलो पटक कोहलपुरमा महिला क्रिकेट प्रतियोगिता संचालन गरिएको थियो ।
नेपालमै पहिलो पटक संचालन गरिएको उक्त प्रतियोगिताले नेपाली महिला क्रिकेट खेलाडीहरु उत्पादनमा ऐतिहासिक भुमिका निर्वाह गरेको थियो । यद्यपी विगत लामो समयदेखि प्रतियोगिता संचालन नहुँदा महिला क्रिकेट क्षेत्र धारासायी भएको थियो ।
स्थानीय निकाय सञ्चालनमा आएपछि मध्यपश्चिम क्रिकेट क्लब कोहलपुर र राष्ट्रिय टिमका पूर्व कप्तान तथा महिला क्रिकेटका अभियन्ता लेखबहादुर क्षेत्रीको विशेष पहलमा कोहलपुर तथा नेपालगन्जमा समेत छात्रा क्रिकेट प्रतियोगिता संचालनको तयारी थालिएको हो ।

Next Post

नेपालगन्ज क्रिकेट कपमा दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज भिड्ने

१० बैशाख २०७५, सोमबार १८:२०
सदरलाइनडटकम १० बैशाख, नेपालगन्ज   : नेपालगन्ज क्रिकेट कपमा एनआईसि एसिया दंगाली गोर्खाज र रोल्पा गोरिल्लाज फाईनलमा भिड्ने भएका छन् । सोमवार भएको पहिलो खेलमा दंगाली गोर्खाजले ७ विकेटको जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेको हो भने यस अघि ५ खेलमा ४ जित दर्ता गर्दै रोल्पा गोरिल्लाज रन रेटको आधारमा फाइनलम […]