नेकपा निकट आदीबासी जनजातीको माघी मिलन

१२ माघ २०७५, शनिबार १९:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेकपा बाँके निकट नेपाल आदीबासी जनजाती नेकपा संयुक्त बाँकेले नेपालगञ्जमा शनिबार आयोजना गरेको माघ मिलन कार्यक्रममा आफ्नो पहिचान र संस्कृतिको परम्परागत पोषाकमा र्याली सहित सहभागि भएका छन् ।
प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार मन्त्री बैजानाथ चौधरीले उद्घाटन गरेको सो कार्यक्रममा थारु समुदायको कला र संस्कृति र पराम्परालाई संरक्षण गर्न यस्ता पर्वले सन्देश दिने गरेको बताएका थिए ।
थारु अगुवा चन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश ५ का समाजिक विकास मन्त्री सुर्दशन बराल, नेकपाका केन्द्रीय सदस्यद्वय दिनेशचन्द्र यादव र मो. हारुन, प्रदेश सांसद बाबुराम गौतमलागयत बाँके र बर्दियाका बिभिन्न स्थानीय तहका जनप्रतिनिधि, थारु अगुवा लगायतको सहभागिता थियो ।

Next Post

खजुरामा प्रदेशस्तरिय जुडो हुँदै

१२ माघ २०७५, शनिबार १९:४२
सदरलाइनडटकम, खजुरा (बाँके)   :  बाँकेको खजुरा गाउँपालिकामा प्रदेश नं. ५ स्तरीय जुडो प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद भन्ने मुख्य नाराका साथ आउदो माघ १९ र १९ गते प्रदेश नं. ५ स्तरीय जुडो प्रतियोगिता हुने भएको हो । मंगोलियन जुडो डोजो खजुरा बाँकेको आयोजनामा खजुराको वडा […]