बाँकेका उत्कृष्ट निजी र सामुदायिक बन पुरस्कृत

५ श्रावण २०७६, आईतवार १८:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेअन्तर्गत रहेका १ सय १९ सामुदायिक वन उपभोक्ता समुह मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै विभिन्न ३ वटा सामुदायिक वन उपभोक्ता समूह र ४ वटा निजी वनका किसानहरुलाई प्रमाणपत्रसहित नगद रकमले पुरस्कृत गरेको छ । नेपालगञ्जमा आइतवार गरिएको जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक मार्फत उनिहरुलाई पुरस्कृत गरिएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।
पुरस्कृत हुनेहरुमा खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित गिजरा सामुदायिक वन उपभोक्ता समूह प्रथम, राप्तिसोनारी गाउँपालिका वडा नम्बर २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूह द्वितीय र राप्तिसोनारी गाउँपालिका वडा नम्बर ४ स्थित जलहन सामुदायिक वन उपभोक्ता समूह तृतीय रहेका छन । उनिहरुलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद रकम सहित प्रमाणपत्र प्रदान गरिएको डिभिजन वन कार्यालय बाँकेकी सहायक वन अधिकृत ज्योती घिमिरेले जानकारी दिईन् ।
त्यसैगरी उत्कृष्ट निजि बन तर्फ नरैनापुर गाउँपालिका ६ का किसान प्रेमचन्द्र मौर्य प्रथम, खजुरा गाउँपालिका २ का किसान बाबुराम गौतम द्वितीय, नेपालगञ्ज उपमहानगरपालिका २२ का किसान जुमई दर्जी तृतीय र बैजनाथ गाउँपालिका ५ का किसान सुरत बहादुर शाहीलाई सान्त्वना सहितको प्रमाणपत्र र नगद रकम प्रदान गरिएको सहायक वन अधिकृत घिमिरेले जानकारी दिईन । उनिहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको उनले बताईन् । पुरस्कृत हुनेहरुलाई जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला समन्वय समिती बाँकेका संयोजक अजय कुमार श्रीवास्तव, डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले संयुक्तरुपमा प्रमाणपत्रका साथै पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओली, सशस्त्र प्रहरी वल ३० नम्बर गण बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भेष बहादुर शाह, कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक रामचन्द्र शर्मा, बाँके राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्मा, बनस्पति अनुसन्धान केन्द्रका सुनिल शर्मा आचार्य, निजीवन संजाल बाँकेका अध्यक्ष मोहन रिजाल, विभिन्न सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आर्थिक बर्ष ०७५/०७६ मा डिभिजन वन कार्यालय बाँकेले गरेका विभिन्न कार्यहरुको समिक्षा समेत गरिएको थियो । गत आर्थिक बर्षमा वन कार्यालयले गरेका प्रगती बिबरण सहितको प्रस्तुति डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले राखेका थिए । उनले प्रत्येक बर्ष जिल्ला भित्र रहेका सामुदायिक वन र निजिवनका किसानहरुलाई राम्रो काम गरे बापत मुल्यांकन गरेर पुरस्कृत गरिँदै आएको जानकारी दिए ।

Next Post

वीपी अध्ययन प्रतिष्ठान बाँकेमा युवा नेता कोईराला

५ श्रावण २०७६, आईतवार १८:३२
सदरलाइनडटकम, नेपालगञ्ज  : वीपी अध्ययन प्रतिष्ठान नेपाल बाँके युवा नेता सुधान्शु कोईरालाको अध्यक्षतामा नया कार्यसमिति विस्तार गरिएको छ । कांग्रेस बाँकेका जिल्ला सदस्यसमेत रहेका कोईरालाको अध्यक्षतामा तदर्थ समिति विस्तार गरिएको हो । नेपाली कांग्रेस बाँकेको कार्यालयमा आयोजित भेलाले प्रतिष्ठानको कार्यसमिति विस्तार गर्दै उपाध्यक्षमा तोजिन्द्र बिक, सचिव आशिष बर्मा र कोषाध्यक्षमा […]