खजुरामा प्रदेशस्तरिय जुडो हुँदै

१२ माघ २०७५, शनिबार १९:५७
 

सदरलाइनडटकम,
खजुरा (बाँके)   :  बाँकेको खजुरा गाउँपालिकामा प्रदेश नं. ५ स्तरीय जुडो प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद भन्ने मुख्य नाराका साथ आउदो माघ १९ र १९ गते प्रदेश नं. ५ स्तरीय जुडो प्रतियोगिता हुने भएको हो ।
मंगोलियन जुडो डोजो खजुरा बाँकेको आयोजनामा खजुराको वडा नं. ३ स्थित राष्ट्रिय शान्ति प्राथमिक बिद्यालयमा हुने सो जुडो प्रतियोगितामा सम्पूर्ण खेलमा रुची राख्ने व्यक्तिलाई सहभागीताका लागि मंगोलियन जुडो डोजो खजुरा बाँकेका प्रमुख बिजयकुमार गुरुङ्गले अनुरोध गरेका छन् ।
उनले नेपाल सरकारले राष्ट्रिय खेलाडीहरुको भविष्य सुनिश्चित गर्नु आग्रह गर्दै खेलाडीको भविष्यको लागि विद्यालय–विद्यालयमा खेलको महत्वको साथमा अवस्था पहिचानको लागि स्थानीय तथा अन्य निकायले पहल गर्न माग गरे ।

Next Post

कुष्ठरोग अझै पनि लुकाउदा समस्या बल्झिदै

१२ माघ २०७५, शनिबार १९:५७
सदरलाइन / रुद्र सुवेदी , नेपालगञ्ज : जिल्ला स्वस्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम केसीले कुष्ठरोगको बारेमा समाजमा अझै पनि गलत धारणा र बुझाई भएको कारण यस रोगको रोकथाम र निराकरण गर्न कठिन भएको बताएका छन् । ६६ औं विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वस्थ्य कार्यालय बाँके र साईनिङ्ग अस्पताल नेपालगञ्जको […]