सदरलाइनडटकम,
काठमाण्डौ : साहित्यकार मोहनराजको शर्माको निधन भएको छ । शर्माको बिहीवार उपचारका क्रममा काठमाण्डौको कलंकीको नेशनल अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको आफन्तले बताएका छन् ।
प्राध्यापक शर्माका छोरा अष्ट्रेलियमा रहेकोले उनी आउन्जेल पर्खिने भएकोले उनको अन्त्यष्टि शनिबार मात्रै गरिने भएको छ । उनको पहिलो प्रकाशित रचना २०१६ सालमा बिलू निबन्ध हो। शर्माका नाटक, समालोचना, कथा, व्याकरण लगायतका कृतिहरू प्रकाशित छन् ।
उनका चर्चित कृतिहरू नेपाली साहित्यको संक्षिप्त इतिहास समालोचना, जेमन्त र यमा, बैकुण्ठ एक्सप्रेस नाटक, कोर्रा कथा संग्रहलगायत छन् । शर्माले २०४२ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए ।
