योग दिवसमा लुम्बिनीमा विशेष कार्यक्रम

सदरलाइन संवाददाता ५ असार २०८०, मंगलवार १३:०५
 

नेपालगञ्ज : अन्तर्राष्ट्रिय योग दिवका अवसरमा मंगलबार लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरिएको छ । पतञ्जली योगपीठ नेपालको आयोजनामा भएको कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, भारतीय राजदूत नवीन श्रीवास्तव लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किराँतीले हजारौँ वर्षअघि पत्ता लागेको योगको औचित्य पछिल्ला दिनमा निकै बढ्दै गएको बताए ।


यस्तै राजदूत श्रीवास्तवले योग दिवसले स्वस्थ जीवन जिउने कलाका बारेमा सबैलाई एकजुट बनाउने बताए । कार्यक्रममा सहभागीलाई केहीबेर योगका विभिन्न आसन गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनज्ञान ज्योतीमा सिर्जनात्मक लेखन कार्यशाला आयोजना

५ असार २०८०, मंगलवार १३:०५
नेपालगञ्ज : बाँकेको कोहलपुर १ स्थित जनज्ञान ज्योती माध्यामिक विद्यालयका विद्यार्थीलाई कविता लेख्ने र वाचन गर्ने सिप प्रदान गर्न सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ । कार्याशालाका संयोजक तथा विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेले एक सातासम्म सञ्चालन गरिने सो कार्यशालामा विद्यार्थीलाई कविता लेख्ने तौर तरिकाको बारेमा सिकाउँदै उनीरुलाई हलमा नै कविता […]