अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सडक नाटक

सदरलाइन संवाददाता २९ फाल्गुन २०८०, मंगलवार १९:२२
 

नेपालगञ्ज :  शिक्षाका लागि नागरिक संजाल बाँकेले ११४ औ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सडक नाटक प्रदर्शन गरेको छ । कार्यक्रम नेपालगञ्ज उपमाहानगरपालिका २० नम्वर वडा कार्यालयको ब्यवस्थापनमा भएको हो ।

वडा नम्वर २० को ज्ञान पुरुवा तथा मनिकापुर साबिक मनिकापुर गाबिस बिकास र शिक्षाका हिसावले पछि परेका मधेसी तथा दलित समुदायको वस्तिमा बास नेपालका कलाकारहरुले नाटक प्रस्तुत गरेका थिए ।

छोरा र छोरीलाई बिना भेदभाव असल पारिवारिक वातावरणमा, परिवारको उचित निगरानिमा समयमै सचेत बनि २० बर्ष उमेर पुगेका आफ्ना बालवालिकाहरुलाई नेपालको संविधानमा उल्लेख भए बमेजिम मात्र बिवाह गर्न नाटकले सचेत गराएको थियो ।


नेपालको कानुन बमोजिम २० बर्ष भन्दा कम उमेरका बालबालिकाहरुको बिवाह गर्ने गराउने दुवै दण्डनिए भएको साथै सो उमेर समूहका वालवालिकाहरुको आधारभुत तहको शिक्षा राज्यले अनिवार्यका साथै निशुल्क गरेको र सोको कार्यन्वयनका लागि एकजुट हुन उपमाहानगरपालिका वडा नम्वर २० का वडाध्यक्ष कौशलकुमार धोवीले बताए ।

प्रमुख अतिथि समेत रहेका धोबीले शिक्षामा पछि परेका मधेसी तथा दलित समूदायको उत्थानको निम्ति खेल्दै सिक्दै केन्द्र ज्ञानपुरुवामा शिक्षावाट वन्चित रहेका बालालिकाहरुलाई शिक्षित बनाउने उद्देश्यका साथ स्थापना गरिएको बताएका छन् ।

संस्थाका अध्यक्ष ताराप्रसाद खनालको अध्यक्षतामा संचालन भएको कार्यक्रम उपाध्यक्ष भद्र देवकोटाद्वारा संचालन गरिएको थियो भने सचिव उषा थापा भण्डारी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगर सहित २ जना पक्राउ

२९ फाल्गुन २०८०, मंगलवार १९:२२
नेपालगञ्ज : बर्दियाको मधुवन नगरपालिका–६ बस्ने २० वर्षीय सुवास सुनार समेत २ जनालाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सानोश्री र ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसन्धान […]