सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा जारी मेयर कप अन्तर मावि तथा उमावि छात्र फुटबल प्रतियोगितामा जनता नमूना र ब्राइटल्याण्ड कलेज विजयी भएका छन् । धम्बोझीको ग्रासरुट मैदानमा जारी प्रतियोगितामा जनता नमूनाले मेरी गोल्डविरुद्ध एकतर्फी जीत निकाल्यो । जनताले मेरीगोल्डलाई ४–० गोलले पराजित गर्यो । एकतर्फी खेलमा जनताका लोकेन्द्र बुढाले दुई तथा दिपिल खत्री र सञ्जीव शाहीले एकरएक गोल गरेका थिए ।
ब्राइटल्याण्ड र आदर्श मावि खजुरा बीचको दोस्रो खेल भने प्रतिस्पर्धात्मक बनेको थियो । निर्धारित समयमा दुई/दुई गोलको बराबरी भएको खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । जसमा ब्राइटल्याण्डले बाजी मार्यो । निर्धारित समयमा ब्राइटल्याण्डका राम बुढाले दुई गोल गरेका थिए । आदर्शबाट रोशन खड्का र निरज थापाले गोल गरेका थिए । शुरुवाती आग्रता ब्राइटल्याण्डले लिएपनि आदर्शले गोल फर्काउदै टक्कर दिएको थियो ।
ट्राइबेकरमा भने आदर्श निराश भयो । ट्राइबेकरमा ४–२ गोलले ब्राइटल्याण्ड विजयी भयो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा २४ स्कूलको सहभागिता रहेको छ ।
सोमवार भुपु सैनिकविरुद्ध नेपालगञ्ज मोडेल र ज्ञानज्योति मावि चप्परगौडीविरुद्ध जुनियर आइस्टाइनका बीचमा खेल हुने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।