बाँकेमा थपिए ६ हजार नयाँ मतदाता

सदरलाइन संवाददाता २८ श्रावण २०७९, शनिबार १३:५२
 

नेपालगञ्ज : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार ८ सय १७ जनाले फारम भरेका छन् ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामावली आयोगले सार्वजनिक गरेको थियो ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा ६ हजार ८ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिइन् । उनका अनुसार गत असार १ गतेदेखि नयाँ मतदाता नामावली आवेदन दिनेका लागि फारम भर्न खुला गरिएको थियो ।


असारमा चार हजार चार सय ४३ र साउनको १९ गतेसम्म दुई हजार तीन सय ७४ ले मतदाता नामावलीका लागि आवेदन दिएका थिए ।

बाँकेमा इलाका प्रशासन कार्यालय कोहलपुर, जिल्ला निर्वाचन कार्यालय नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली आवेदन सङ्कलन गरिएको थियो । प्राप्त भएका आवेदनलाई सङ्कलन गरेर केन्द्रमा पठाउने तयारी भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको राप्तीसोनारीस्थित सरस्वती माविमा बेथिती

२८ श्रावण २०७९, शनिबार १३:५२
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेको सरस्वती माध्यमिक बिद्यालय पनेरियामा बेथिती बढेको छ । बिद्यालयले विगत तीन वर्षदेखि लेखा परिक्षण गरेको छैन भने दुई वर्षदेखि बिद्यार्थीलाई छात्रबृत्तीसमेत वितरण गरिएको छैन । बिद्यालयमा कार्यरत कतिपय शिक्षकले लामो समयदेखि तलब खान पाएका छैनन् । बिद्यालयमा एउटै ब्यक्तिले […]

ताजा अपडेट