सदरलाइनडटकम,
सुर्खेत : बहुमूल्य पत्थरसहित सुर्खेत प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा बांगेसिमल जिरो प्वाइन्ट नजिकै बिहीवार राति ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले बताए ।
कालिकोटबाट सुर्खेत आउँदै गरेको बा १ च ३५७२ नम्बरको स्कार्पियो जीपमा लुकाइछिपाई ल्याउँदै गरेको ११ दशमलव ५ सय किलोग्राम बहुमूल्य पत्थर बरामद गरिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिए ।
प्रहरी सहायक निरीक्षक विजय पुनको नेतृत्वमा गएको टोलीले वीरेन्द्रनगर नगरपालिका ४ का ४० वर्षीय भीमबहादुर सुनार, वडा नं. ५ का ३० वर्षीय नवीन कंडेल, वडा नं. ८ का २६ वर्षीय भक्त पाण्डे र सोही ठाउँका ३२ वर्षीय तेजेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
