अट्वारीको अन्तिम दिन सोमवार विवाहित छोरीलाई अग्रासन दिइँदै

यदुराज मिश्र १ आश्विन २०८०, सोमबार १४:४३
 

नेपालगञ्ज : बाँकेसहित विभिन्न जिल्लाका थारु समुदायले धुमधामसँग मनाउने अट्वारी पर्वको अन्तिम दिन सोमवार विवाहित छोरीलाई अग्रासन दिइँदै छ ।

माइती पक्षको कोसेलीस्वरुप विवाहित छोरीबेटीलाई अट्वारी पर्वमा खाने विभिन्न परिकारको अग्रासन दिन लागिएको हो । अग्रासनमा अन्डीको रोटी, खुर्मा, खरिया, फुलौरी, फलफूल, गेडागुडी तथा सागको तरकारी, माछा मासु, भात लगायतको परिकार रहने गर्दछ ।

अट्वारी पर्वको यी परिकारहरु माइतीबाट पाएपछि विवाहित छोरीबेटी खुशी हुने गरेको पत्रकार विश्वराज पछल्डङ्याले बताए । उनका अनुुसार आजकोे दिन चेलीबेटीहरु माइतीपक्षको अग्रासन कुरेर बसेका हुन्छन् । अग्रासन नपाएमा उनीहरु दुःखी हुने गर्दछन् । अग्रासन दिन गएकालाई उनीहरुले निकै आदर सम्मानका साथ मिठा मिठा परिकार खुवाएर पठाउने गरेको जनाइएको छ ।


अट्वारी पर्वको पहिलो दिन व्रतालुहरुल अन्डीको रोटी, फलफूल, खुर्मा, दुध खाने चलन रहेको छ । यी परिकारहरु खानुभन्दा अगाडि उनीहरुले एक भाग निकालेर आफ्ना विवाहित दिदी बहिनीका लागि छुट्टै राख्ने गर्दछन् ।

यसैगरी, पर्वको दोस्रो दिन उनीहरुले खरिया, फूलौरी, गेडागुडी सागको तरकारी, माछा, मासु जस्ता परिकार खाने चलन छ । यसलाई थारु भाषामा ‘फरहार’ गर्ने भनिन्छ । दोस्रो दिन पनि व्रतालुहरुले सबै परिकार एक भाग छुट्टै निकालेर मात्रै खाने गर्दछन् । यसरी, निकालेर राखेको रोटीसहित खानाका सबै परिकार आफ्ना विवाहित छोरीचेलीलाई दिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आश्रममा बस्ने महिलाको खल्लो तीज

१ आश्विन २०८०, सोमबार १४:४३
नेपालगञ्ज : सुर्खेतकी रत्ना शाही (४७ वर्ष) हरेक वर्षको तिजमा दिल खोलेर नाच्थिन् । वर्ष दिनपछि आएको तिजमा नाच्न पाउँदा मनभरिको पीडा हल्का हुन्थ्यो । उनी तिजको गीतबाटै मनको बह पोख्थिन् । साथीसंगीसँग दुःख पोख्न पाउँदा वर्षभरको पीडा भुल्थिन् उनी । नेपालगञ्जस्थिल नीलसागर सेवा आश्रममा रहेकी उनले यसपालिको तिजमा आफ्ना […]