नेपालगञ्जमा सञ्चालन हुने छात्रा कलेजको संञ्चालक समितिको अध्यक्षमा गुप्ता

सदरलाइन संवाददाता ३० श्रावण २०७८, शनिबार २०:०७
 


नेपालगञ्ज  : नेपालगञ्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेजको सञ्चालक समिति मधेशी आयोगका सदस्य समेत रहेका विजयकुमार गुप्ताको संयोजकत्वमा गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका हुन ।

सो अवसरमा नगर प्रमुख राणाले महिला कलेज सञ्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिदै उपमहानगरपालिकाको परियोजना भएपनि यसको सञ्चालन उपमहानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस भन्ने चाहना आफुहरुको रहेको बताए । उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सञ्चालन गर्न लागिएको राजनीतिक प्रभाव विना निष्पक्ष भएर काम गर्न आग्रह गरिन ।

नेपालगञ्ज उपमहानगरपालिकाले मंगलप्रसाद उच्च माविमा कलेज स्थापनाका लागि ४० कोठे भवन तयार पारेको छ । यसवर्ष बिएस्सी सिएसआईटी र विएड कक्षा सञ्चालन अनुमतिका केही दिनमै प्रस्तावनापत्र मध्यपश्चिम विश्व विद्यालयमा पेश गरिने नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापाले बताए ।


नेपालगञ्जमा रहेका मधेसी र मुस्लिम समुदायका छात्राहरुका लागि मुख्य लक्षित गरि कलेज स्थापना गर्न लागिएको हो । मधेसी आयोगका सदस्य गुप्ता अध्यक्ष रहेको ११ सदस्यीय सञ्चालक समितिको सदस्यहरुमा रविन्द्र कर्ण, अनिता शाह, मैमूना सिद्धिकी, नमस्कार शाह, कौसलकुमार धोवी, मो. खालिद ईकवाल ईराकी, चन्द्रशेखर पाण्डे, दिपाली टण्डन गुप्ता रहेका छन । समितिको सदस्य सचिव क्याम्पस प्रमुख र शिक्षा महाशाखाबाट पनि समितिमा प्रतिनिधित्व हुनेछ ।

यसैगरी नगर प्रमुख राणाको संयोजकत्वमा डा. एम किदवाई, डा. कौशलकुमार वर्मा,  प्रवेज अली सिद्दिकी र सशी स्वार रहेको सल्लाहकार समिति गठन गरिएको छ । उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा अनूगमन समिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा कोरोना संक्रमित नभएका पालिकाका विद्यालय खुले

३० श्रावण २०७८, शनिबार २०:०७
बैतडी : बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । यी दुवै स्थानीय तहमा हाल […]