मनकारी उपप्रमुख थारुले बाडिन न्यानो सिरक

३० पुष २०७५, सोमबार १९:१६
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारुले कोहलपुर नगरपालिका क्षेत्रका अतिविपन्न परिवारलाई न्यानो कपडा बितरण गरेकी छन् ।
उप प्रमुख थारुले उपप्रमुख भएका कारण आफुले प्राप्त गरेको सेवा सुबिधाबाट नगरपालिकाको १५ वटै वडाबाट एक–एक जनाको दरले १५ जना विपन्न तथा शाररीक अशक्तलाई जाडोबाट बच्नको लागि फाईबरको सिरक वितरण गरेकी हुन ।
सदरलाइनडटकमलाई प्रतिक्रिया दिदै उनले भनिन–‘सामाजिक उत्तरदायित्व अन्तरगत आफुले पाउने सेवा सुविधाबाट कटौती गरी कोहलपुर नगरपालिका क्षेत्रका प्रत्येक वडाबाट एक जनाको दरले १५ जना विपन्न तथा शाररीक अशक्तलाई फाईबर सिरक बितरण गरेकी हुँ ।’
उनले कोहलपुर नगर क्षेत्रमा चाँडै नै विपन्न तथा बेसाहराहरुको लागि आफ्नो पहलमा उनीहरुको व्यवस्थापन गर्नेतर्फ केही गृहकार्य भएको बताउदै भनिन–‘ अब कोही पनि कोहलपुर नगर क्षेत्रमा बेसाहारा भएर बस्नु नपर्ने गरी केही काम गर्न थालेकी छु ।’ 

Next Post

नरैनापुरमा कम्बल बितरण

३० पुष २०७५, सोमबार १९:१६
सदरलाइनडटकम, नरैनापुर (बाँके)  : बाँकेको अति पिछडिएको नरैनापुर गाउँपालिकामा अति गरीब, पिछडिएको ज्येष्ठ नागरिकहरुलाई चिसोबाट जोगाउन कम्बल बितरण गरिएको छ । नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहले चिसो बढन थालेपछि गाउपालिकाको बजेटबाट हरेक वडामा बिपन्न परिवार छनौट गरि ३ सय ७० थान तथा सिटिजन ईन्सोरेन्सले उपलब्ध गराएको ५० थान गरि […]