अध्ययन गर्ने थलोमा राजनीति नगर्न प्रदेशसभा सदस्य नमुनाको सुझाव

३१ भाद्र २०७५, आईतवार १७:५६
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँके क्षेत्र नं. १ क प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले अध्ययन र सूचनाको स्रोत प्राप्त गर्ने साझा थलोलाई राजनैतिक चक्रब्युहमा नपार्न सुझाव दिएकी छन् । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको १७ औं साधारणसभाको आईतवार कोहलपुरमा उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।
संस्थाहरु सहमती र सहकार्यमा जाँदा समाजलाई फाईदा पुग्ने बताउँदै प्रदेशसभा सदस्य नमुनाले साझा संस्थामा सरकार पक्ष र प्रतिपक्षको अभ्यास हुन खोज्नु दुःखद भएको उल्लेख गरिन् ।
राजनितिक चक्रब्यूहमा फसेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको अधिवेशनलाई लक्षित गरि १ सय ३५ जना अबैध सदस्यता थप गरिएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा परेपछि असार १९ गते सभा स्थगन भएको थियो ।
एउटा समुहले भने प्रक्रियागत भएको भन्दै यसअघि एकलौटीरुपमा साधारणसभा गरि नयाँ कार्यसमति चयन गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको आधिकारीक पत्र प्राप्त गरेपछि आईतवार साधारणसभाको आयोजना गरिएको पुस्तकालयका सचिव विष्णु वेल्वासेले दाबी गरे ।
सचिव लगायत बहुसंख्यक सदस्यलाई पत्राचार तथा सार्वजनिक सूचना जारी नगरी गरिएको साधारणसभा मान्य नहुने भन्दै आईतवार पुनः साधारणसभा गरिएको हो । यसअघि सम्पन्न भनिएको साधारणसभाको सूचना माग गर्दा सूचना दिन आलटाल गरेकै कारण गत शुक्रवार पत्रकार पुजन विश्वकर्मा पुस्तकालय अगाडी सडकमा धर्नासमेत बसेका थिए ।
कोहलपुर क्षेत्रको एकमात्र सामुदायिक पुस्तकालयमा यस क्षेत्रका पत्रकार, साहित्यकार, प्राज्ञिक ब्यक्तित्वसमेत सदस्य रहेको पुस्तकालय राजनैतिक शिकार हुँदै आएको जानकारहरु बताउँछन ।



अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति
पुस्तकालयको साधारणसभाबाट हरिभक्त अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरिएको छ । उपाध्यक्षमा संगिन शर्मा, सचिवमा बलबहादुर खड्का,सहसचिवमा मायाँ गौतम र कोषाध्यक्षमा बिनोद पौडेललाई चयन गरिएको छ ।
यस्तै कृष्णा कुमारी चालिसे, टंक लामिछाने, सुरेन्द्र बहादुर थापा, डा. देबेन्द्र आचार्य, निर्मला सुनार, राजेन्द्र विष्ट, बद्रि ढकाल र दिपक राईलाई सदस्यमा चुनिएको छ । त्यसैगरी संस्थाको संरक्षकमा होमप्रकाश सुवेदी, भिम प्रसाद देवकोटा, गौरिकान्त आचार्य, प्रेम भुषाल र सावित्रा पुनः चयन भएका छन ।
साधारणसभाले पुजन विश्वकर्मा, नरेन्द्र पाण्डे, बलराम भट्टराई, विष्णु प्रसाद वेल्वासे, गोमा शाही, बालकुमारी आचार्य र रेणुका खड्कालाई संस्थाको सल्लाहकारमा चयन गरेको छ । साधारणसभाले बिभिन्न उपसमितिसमेत गठन गरेको छ ।

Next Post

विद्यालय कर्मचारीहरु आन्दोलित हुँदै

३१ भाद्र २०७५, आईतवार १७:५६
सदरलाइनडटकम, नेपालगन्ज  : बाँकेका विद्यालय कर्मचारीहरु आफुमाथि चरम शोषण भएको भन्दै आन्दोलित हुने भएका छन् ।  लामो समयदेखि विद्यालय कर्मचारीमाथि चरम शोषण र दमनमा भइरहेको भन्दै उनीहरुले आईतबार जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला शिक्षा विकास तथा समन्य इकाई बाँकेमा ज्ञापन पत्र बुझाएका छन् । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन […]

सम्बन्धित