खजुरालाई बालबिवाह मुक्त बनाउने तयारी

९ माघ २०७५, बुधबार १८:०९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरालाई आगामी ५ बर्षभित्र बालबिवाह मुक्त गाउँपालिका बनाउने प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशल नेपालको सहयोगमा खजुरा गाउँपालिका र स्याक नेपालको आयोजनामा भएको कार्यक्रममा कक्षपतिले बालबिवाह मुक्त बनाउने गाउँपालिकाको अभियानमा साथ दिन बिद्यालयका शिक्षक, बिद्यार्थी अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आग्रह समेत गरे ।
लैंगिक मैत्री वातावरण र बाल बिवाह न्यूनिकरण बिषयक खजुरामा आयोजित एक दिने अभिमुखिकरण कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कक्षपतिले बिद्यालयले अतिरिक्त क्रियाकलाप मार्फत लैंगिक समानता र बालबिवाह रोकथामको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा अधिवक्ता वसन्त गौतमले लैंगिक मैत्री शैक्षिक वातावरण, बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र सरोकारवालाको भुमिकाको बारेमा अभिमुखिकरण गरेका थिए ।
गौतमले बिद्यालयको बालसंरक्षण नीति, बिद्यालयको शैक्षिक र लैंगिक मैत्री वातावरण र बिद्यालयमा लैंगिक मैत्री बातावरण बनाउनुमा बिद्यालय ब्यवस्थापन समितिलगायत अन्य सरोकारवालाको भुमिकाबारे समुहगत छलफल गराएका थिए । बिद्यालयमा हुने शिक्षणका क्रममा शिक्षकले बिद्यार्थीहरुलाई बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बिद्यालयलाई बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत गर्ने र बिद्यालयमा बालसंरक्षण नीति बनाई कार्यान्वयमा ल्याउनेलगायतका उद्देश्यका साथ अभिमुखिकरण कार्यक्रम गरिएको स्याक नेपालका सुपरभाईजर पुष्पाकुमारी सुनारले जानकारी दिईन ।

Next Post

अफीमसहित नेपाली महिला भारतमा गिरफ्तार

९ माघ २०७५, बुधबार १८:०९
सदरलाइन / नबी अहमद, रूपईडीहा (भारत) : बाँकेको कोहलपुरकी एक महिलालाई सिमावर्ती भारतीय नाका रुपैडिहमा अफिमसहित पक्राउ परेकी छन् । भारतीय सिमा सुरक्षा बल एसएसबी र भारतीय प्रहरीको संयुक्त चेकिंग अभियानमा नेपालबाट भारत जाँदै गरेको अवस्थामा २ किलो ८ सय ग्राम अफिमसहित बाँके कोहलपुरकी जोगमाया भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेकी हुन […]