सदरलाइनडटकम,
दाङ : भरुवा बन्दुकसहित दाङमा एक जना पक्राउ परेका छन् । शनिवार बेलुकी पक्रउ परेका शान्तिनगर गाउँपालिका वडा नं. ४ जुम्लेकुला निवासी २९ बर्षीय हरी बहादुर रासकोटीलाई प्रहरीले आईतवार सार्बजनिक गरेको हो ।
आफ्नै घरमा लुकाई छिपाई राखेको भरुवा वन्दुक दुई थान, बदेंलको जस्तो देखिने खुट्टाको सपेटा २ थानसहित उनलाई पक्राउ गरि मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ६ को दफा १२९ को हातहतियार तथा खरखजाना सम्वन्धि कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले बताए ।
गोप्य सूचनाका आधारमा छापा मार्दा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।


