सदरलाइनडटकम,
रौतहट : रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा सर्वोच्च अदालतबाट सफाई पाएपछि हेलिकप्टर चार्टर गरि गृहनगर कटहरिया पुगेका छन् ।
शुक्रवार सर्वोच्चबाट सफाइ पाएका उनी शनिवार काठमाण्डौबाटै हेलिकप्टर चार्टर गरि जनता माध्यमिक विद्यालय कटहरियाको प्राङ्गणमा उत्रेका थिए । उनलाई नगरवासीले फुलमाला, खादा र दोसल्ला ओढाएर स्वागत समेत गरेका थिए ।
मेयर कुशवाहा बिरगञ्जका कासी तिवारी हत्या कान्डमा गत बैशाख महिनामा काठमाडौंबाट पक्राउ परेका थिए । उच्च अदालत बिरगंजले उनलाइ सर्वस्व सहित जन्म कैदको फैसला सुनाएपछि उनलाइ सिआइबीको टोलिले बैशाख २६ गते काठमाडौंस्थित नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारदा घिमिरे र डम्बर शाहीको इजलाशले मेयर कुशवाहालाई सफाई दिएको हो ।
