बाँके ट्राफिक प्रहरीको रिफलेक्ट स्टिकर अभियान !

१२ पुष २०७५, बिहीबार १६:००
 

सदरलाइनडटकम, 
नेपालगञ्ज : सडक दुर्घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले रातिको समयमा सञ्चालन हुने सवारी साधनमा रिफ्लेक्टर स्टिकर लगाउने अभियान सुरु गरेको छ । यसक्रममा बाँकेको कोहलपुरमा १२० वटा सवारी साधनमा बिहीबार रिफलेक्टर स्टिकर लगाईको हो ।
नेपालगन्ज र कोहलपुर क्षेत्रमा जाडोको समयमा ‘भिजिविलिटी’ हेर्ने क्षमता अत्यन्तै न्यून हुने कारण सवारी दुर्घटना बढ्न सक्ने भएकोले दुर्घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले यस्तो अभियानको सुरुवात गरिएको जनाएको हो ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज तथा प्रहरी निरिक्षक हिरेन्द्र रोकायले रातिको समयमा सञ्चालनमा हुने सवारीका साधन जसमा व्याक लाईट हुँदैन त्यस्ता साधनलाई दुर्घटनाबाट जोगाउनको लागि रिफ्लेक्टर स्टिकर लागउन सुरु गरेको बताए ।
उनले कोहलपुरमा १२० वटा अटो, ईरिक्सा र टेक्टरमा यस्तो स्टिकर टाँस गरिएको र नेपालगन्जमा पनि यसै अनुपातमा रिफलेक्टर स्टिकर टाँस्दै सचेतना फैलाएको जानकारी दिए ।
सडक सुरक्षाको लागि जिल्ला ट्राफिक कार्यालय बाँकेले नेपालगन्जमा पुस १ गतेदेखि ‘नोहर्न’ अभियान सञ्चालन गरेको र हालसम्म सो अभियान उल्लंघन गर्नेको संख्या ९४ पुगेको कार्यालयका प्रहरी नायव निरिक्षक ओम पौडेलले जानकारी दिए । सवारी चलाउदा मोवाईल फोन प्रयोग गर्नेलाई कारवाही गर्न सुरु गरिएको उनले बताए ।
बाँकेमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४२ वटा सडक दुर्घटना हुँदा ३० जनाले ज्यान गुमाउनुको साथै ६४ जना गम्भीर घाइते भएको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।


Next Post

बाँके प्रहरीलाई आईजिपी खनालको निर्देशन

१२ पुष २०७५, बिहीबार १६:००
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बिहीवार जिल्ला प्रहरी कार्यालय बाँकेको निरीक्षण गरी प्रहरी कर्मचारीलाई विशेष निर्देशन दिएका छन् । अनुचित प्रभावमा नपर्न विशेष निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कसैको कुनैपनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिएका छन् । उनले महिला तथा बालबालिका […]