सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
इन्जिनियर पेशालाई मर्या्दित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिँदै उनले सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको बताए । राष्ट्रीय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्रीलाई भेट्न एशोसिएशनका अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको थियो । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न आफू सकारात्मक भएको विश्वस्त पारेका थिए ।
